विश्वरसिंह मेवाहाङ(@BiswarRai) 's Twitter Profileg
विश्वरसिंह मेवाहाङ

@BiswarRai

आँखा सानो मन ठूलो,
उचाइ होचो सोचाइ अग्लो,
खैनी चुरोट नखाने मासु मंस नछाड्ने,
जाड रक्सी जातले पाको, दाह्री जुङ्गा पटक्कै नभाको

ID:2902331781

calendar_today02-12-2014 14:21:02

16,4K Tweets

30,0K Followers

21,3K Following

विश्वरसिंह मेवाहाङ(@BiswarRai) 's Twitter Profile Photo

ओली बाको सुमना लक्षित टिप्पणीले नेपालमा पर्यटनको ठूलो विकास हुने सम्भावना देखियो ।नेपाल घुम्न आउने बित्तिकै मन्त्री बन्न सक्ने रहेछ ।

account_circle
विश्वरसिंह मेवाहाङ(@BiswarRai) 's Twitter Profile Photo

नेपालको राजनीति यति कमजोर रहेछ कि घुम्न आएको पर्यटक पनि मन्त्री बन्न सक्ने रहेछ । यो अवस्था आउनमा राजनितीलाई पेशा बनाएर बसेका ठेकेदारहरु नै जिम्मेवार छन ।

account_circle
विश्वरसिंह मेवाहाङ(@BiswarRai) 's Twitter Profile Photo

आफ्नो मनलाई एक छिन बाँध्न नसक्दा, उत्तेजनालाई एक छिन नियन्त्रण गर्न नसक्दा सगरमाथा जस्तो उच्च व्यक्तित्व कसरी गर्ल्याम गुर्लुम ढल्छ भन्ने उदाहरण हाम्रो सामु जगजाहेर छ।यहाँ फलानोले फसायो ढिस्कानोले डुबायो भनेर अरुलाई दोष दिनुको अब के अर्थ र।समस्त युवाहरुले सिक्नु पर्ने पाठ यही हो।

account_circle
विश्वरसिंह मेवाहाङ(@BiswarRai) 's Twitter Profile Photo

आरोप लाग्दैमा कोहि अपराधी हुदैन । अदालतले छाड्दैमा कोहि निर्दोष हुदैन । सत्य कुरा बाहिर आउन सताब्दीऔं समय पनि लाग्न सक्छ ।

account_circle
विश्वरसिंह मेवाहाङ(@BiswarRai) 's Twitter Profile Photo

मिडिया मालिकको पछि लाग्दा मह जोडी जस्तो प्रबुद्ध व्यक्तित्वहरुले समेत जनतासँग माफी माग्न पर्यो । कति विषालु रहेछन ती मनुवा ।

account_circle
विश्वरसिंह मेवाहाङ(@BiswarRai) 's Twitter Profile Photo

जनता जनार्दन भनेको यही हो । उहाँहरुले गल्ती स्विकार्नु भयो । उहाँहरु जस्तो प्रबुद्ध व्यक्तित्वहरुले पनि आम जनताको भावनालाई ख्याल नगरी बोल्नुको नतिजा भोग्नु भयो ।

account_circle
विश्वरसिंह मेवाहाङ(@BiswarRai) 's Twitter Profile Photo

अहिले सोसल मिडियाको जमाना छ । पहिला जस्तो एउटा मिडिया हाउसले दिने न्युज कन्टेटलाई सत्यता मान्ने जमाना सकियो।सोसल मिडियाबाट नै मान्छे सत्यताको खोजी गर्छन।

यही सन्दर्भमा मह जोडीले अहिले जिन्दगीमा नखाएको गाली खाइरहेका छन।कान्तिपुर मिडिया भर्सेज सोसल मिडियाको द्वन्द्वमा बुढाहरु फसे।

account_circle
Ranjit Tamang(@RaneyTam) 's Twitter Profile Photo

कैलाश सिरोहियाको नागरिकताको लफडासँग मधेसी समुदायलाई जोड्नेहरूले भन्नु होलाः अहिलेसम्म कान्तिपुरको बिजनेश रुम र न्यूज रुममा कति जना मधेसीले करिअरको मौका पाए ?

कुहिनाबाट झोल चुहिने गरि खाँदा जात र समुदाय नसिम्झने, तर अफ्ठेरोमा पर्दा समाज चाहिने यस्तै समस्या हाम्रो जनजातिमा पनि छ ।

account_circle
विश्वरसिंह मेवाहाङ(@BiswarRai) 's Twitter Profile Photo

अरुको समाचारको शीर्षक यस्तो छ ।आफ्नो समाचारको शीर्षक कस्तो होला ?ekantipur.com/news/2023/10/0…

account_circle
विश्वरसिंह मेवाहाङ(@BiswarRai) 's Twitter Profile Photo

धनुषा जिल्लाको हालको तापक्रम ४०डिग्री वरिपरि छ । लामखुट्टेको त कुरै नगरुम । यो अवस्थामा जो कोहि मान्छे पनि बिरामी पर्न सक्छ । नपत्याए आफै दुई दिन हिरासतमा गएर बस्नुस त । हालत खराबको धनुषाको मौसमको।

account_circle
विश्वरसिंह मेवाहाङ(@BiswarRai) 's Twitter Profile Photo

ओली - भँगेरा मार्न जाने तोप बोकेर ?

कांग्रेस पनि मख्खै, रास्वपा पनि मख्खै ।

account_circle
विश्वरसिंह मेवाहाङ(@BiswarRai) 's Twitter Profile Photo

पक्राउ पुर्जी जारी भएको २ दिन भित्र कैलाश सिरोहियालाई गिरफ्तार गरियो।तर पक्राउ पुर्जी जारी भएको २ साता बितिसक्दा पनि बालमन्दिर जग्गा काण्डका मतियारहरु कोहि पनि गिरफ्तार भएका छैनन् ।

गृहमन्त्रीलाई मान्छेहरुले त्यसै उडाएका होइन नि।प्रतिसोधको राजनीतिक गन्ध यता दुङदुङ गन्हाएको छ त।

account_circle
विश्वरसिंह मेवाहाङ(@BiswarRai) 's Twitter Profile Photo

मिडिया साहुजी पक्राउ पर्दा प्रेस स्वतन्त्रता हनन भयो भन्ने कुरा त हामी जबर्जस्ती मान्न तयार हौंला तर लोकतन्त्र खतरामा पर्‍यो भन्ने कुरा चाहिँ कसरी मान्ने हो ? कुनै कारण भए जानकारी पाउँ न ।

account_circle
विश्वरसिंह मेवाहाङ(@BiswarRai) 's Twitter Profile Photo

मह जोडी जस्तो प्रबुद्ध व्यक्तित्वहरुले पनि के बुझ्नु भएको रहेनछ भने लोकतन्त्रको लागि लडेको भन्ने बित्तिकै जो कोही निश्कलंक हुदैन । यदि त्यस्तो हुन्थ्यो भने कैलाश सिरोहिया भन्दा त हाम्रा नेताहरु धेरै निश्कलंक हुन्थे किनकी लोकतन्त्रको लागि नेताहरु धेरै लडेका छन ।

account_circle
विश्वरसिंह मेवाहाङ(@BiswarRai) 's Twitter Profile Photo

नेपालमा अहिले ७६.२ % भन्दा पढी साक्षरता दर रहेको छ अर्थात दुई तिहाई बढी जनताले राम्ररी लेखपढ गर्न जान्दछ । यसको अर्थ प्रेस स्वतन्त्रताको बारेमा केही न केही जान्न बुझ्न सक्दछन । तर नेपाली जनतालाई यस्तो मूर्ख ठानिएको छ कि उनीहरु प्रेस स्वतन्त्रता भनेको पटक्कै बुझ्दैनन ।

account_circle
विश्वरसिंह मेवाहाङ(@BiswarRai) 's Twitter Profile Photo

प्रधानमन्त्री ज्युले पनि प्रेस स्वतन्त्रता र लोकतन्त्र विरुद्ध धावा बोल्नु भएछ ।

प्रधानमन्त्री ज्युले पनि प्रेस स्वतन्त्रता र लोकतन्त्र विरुद्ध धावा बोल्नु भएछ ।
account_circle