Kamal Bhattarai(@KamalBh12278882) 's Twitter Profileg
Kamal Bhattarai

@KamalBh12278882

हो गार्हो छ,ईमान्दारीताको बाटो हिड्न तर पनि म अविचलित संघर्षरत छु!कुनै पार्टी,नेताको होईन,देशको पुजारी,हाम्रो होईन, राम्रो र सत्यतामा समर्पित,यात्रा निरन्तर!🙏

ID:1055672096297086977

calendar_today26-10-2018 04:06:56

15,1K Tweets

9,2K Followers

9,0K Following

Kamal Bhattarai(@KamalBh12278882) 's Twitter Profile Photo

सबैका फरक बाटा,सुम्सुमाउँछु फकाउँछु ओईलिएका नाता! कहिले असिना,कहिले हुरीवतास, हल्लाउँदै हाँगो,नटुटोस् मित्रहरु संग पबित्र सम्बन्धको धागो! चार दिन एक मुठ्ठी साँसको जिवन,त सानो म ठूलो किन! थाँहा छ वफादारी ईमान्दारीको मार्ग कठिन छ,तर पनि (कमल) तेरो यात्रा निरन्तर जारी छ!🙏🌙

account_circle
Kamal Bhattarai(@KamalBh12278882) 's Twitter Profile Photo

देशमा राजनीतिक परिवर्तन पछी साँस्कृतिक रुपान्तर होला भन ठानेको त्यो पनि भएन,विकासका कुरा त गर्दै नगरौं,अपभ्रम्स हुदैं गए चाडपर्व हरु,मौलिक्ता ह्रास हुँदै धनी र गरिबको लडाई जस्तै भए,सामान्य परिवारले धान्न नसक्ने धनाढ्यले धन प्रदर्शन गर्ने,निमुखाले टाढैबाट हेर्ने बिरबलको खिचडी!🌄🙏

account_circle
Kamal Bhattarai(@KamalBh12278882) 's Twitter Profile Photo

मेरो शव्द,तिम्रो मधुर वाणी!सात फेरो हालेर,आँगन पोलेर,भयौ मेरी आफ्ना कति आकांक्षा मारेर! आवश्यकता अनुसार बोलीन्छ हाँसिन्छ,प्रेम त तिमीलाई मात्र गरिन्छ! हिजो झुपडीमा आउँदा पनि,टन्टलापुर घाममा काम गर्दा पनि! तिम्रो त्याग,मेरो परिश्रम! यसैको नाम जिन्दगी,बाचौं हाँसीखुसी!🌙

account_circle
Kamal Bhattarai(@KamalBh12278882) 's Twitter Profile Photo

सबै गतिला स्वतन्त्रले जितुन शुभकामना🙏तर त्यस पछी के? सरकार चलाउन अन्तरराष्ट्रिय सम्बन्ध कायम गर्न र विश्व स्तरमा पहिचान बनाउन कुनै पराम्परागत राजनीति र योजना त चाहिन्छ होला,होईन र? कुटनीतिक बार्ता को संग कसले गर्ने? सोचे जस्तो सजिलो छैन,उफ्रेर मात्र हुदैन!🌄

account_circle
Kamal Bhattarai(@KamalBh12278882) 's Twitter Profile Photo

पस्चिम दिशाको डाँडामा सुर्यलाई कसले मारी दियो,निलो आकाश कालो रगतले ढाकी दियो! अन्ध्यारो छाएको देखेर चन्द्रमा लालटिन भए,आकाशे तारालाई जुनकिरी बनाए!🌙

account_circle
Kamal Bhattarai(@KamalBh12278882) 's Twitter Profile Photo

देशैं बलात्कृत भए पछी नागरिकको सुरक्षा कसरी हुन्छ?लेन्डुपेहरुले बुझ्न आवश्यक छ २०४६ हुदैं जनयुद्ध शुरु भए देखि ईतर जन्मेका युवा युवतीहरु अहिले ठूलो संख्यामा भोटर छन् उनीहरुलाई कसैको त्याग संग सरोकार छैन,सरोकार छ रिजल्टको, आफ्नो भविष्यको,तत्काल परिणामको,चुनाव त्यही लयमा जाँदै छ!🌄

account_circle
Kamal Bhattarai(@KamalBh12278882) 's Twitter Profile Photo

नझार आँशु म तिम्रो केही लाग्दिन,भुतकालमा पनि मायाको नाता थिएन!थियो यत्ति असजिलो रुखको डालपात झारी दिन्थेँ,असारको हिलो जोतेर रिसाउँदै आएको गोरु बाँधी दिन्थे!स्कुल जाँदा उकालोमा टेका बनाई दिन्थे,बतासले उडाएको घरको धुरी छाई दिन्थे!किनकी मानव भएर जन्मिए पछि निस्वार्थ मानवता निभाउथे🌙

account_circle
Kamal Bhattarai(@KamalBh12278882) 's Twitter Profile Photo

स्कुले समयमा साथीको कापी मागेर बिग्रेको उत्तर सच्चाएर पेश गरे जस्तो होइन नी मित्र जिवन,अरुको आस र भरोसामा कहिल्यैं आस्रित नहुनु,भरोसा टुट्यो भने सहन सकिन्नँ,जे गर्नु छ आफ्नैं बलभुत गरौं शाहस नभएकाले गठबन्धन गर्छन्, हामी शाहासी नागरिक हौं मुंसीर चार गते विवेक प्रयोग गरौं!🙏🌄

account_circle
Kamal Bhattarai(@KamalBh12278882) 's Twitter Profile Photo

जिउँदो ईतिहास,कालको गास! सत्र हजार लास,सत्ताको ताज! चौंथ वर्ष जेल,बालकोट निवास! डडेलधुराले चिन्दैन नेपाल,निलकण्ठ बालुवाटारमा र्याल! २०४६ मा लागेको घाउ न ओभाउँछ,न कुनै मार्ग पाउँछ! तन्किएको आमाको लाम्टो दुध सकिएर रगत आउँदा पनि चुसे,नालायक गणतन्त्रे राजनितिज्ञ नेता मुसुमुद्रे!😡🌙

account_circle
Kamal Bhattarai(@KamalBh12278882) 's Twitter Profile Photo

जहाँ स्वार्थ मिल्छ त्यहाँ चरित्र,विधि पद्धति,नियम कानून,आत्मसम्मान,लाज सरम,कुनै बेला कटाक्ष गरेर बिरोध गरेको,गालीगलौच सबै सच्चिने रहेछन्!नेतागिरी मा नाङ्गो लाचारी,सम्मान गर्न लायक कोही देखिएन, जुनसुकै पार्टी होस् हामाम मा सबै उत्छृङ्खल,राजनीति बाट यस्तो तिक्तता हुने कल्पना थिएन🌄

account_circle
Kamal Bhattarai(@KamalBh12278882) 's Twitter Profile Photo

यो रात किन आउँछ,मलाई सुताउँन खोज्छ!मेरो कष्ट देखेसी आफैं निदाउँछ,मलाई जगाउँछ!ब्युतेर सोध्छ,तेरो मनमा के छ!म भन्छु कष्ट छ,देश बिगार्न नेताको हात छ!सर्वहाराको नेता लावालस्कर,प्राडोको साईरन!सडक पेटीमा सुतेका मेरा देशबासी लाई गिज्याउँदै निद्रा बाट ब्युझ्याउँदै!तर पनि उ पिडित रे!🌙

account_circle
Kamal Bhattarai(@KamalBh12278882) 's Twitter Profile Photo

राजनीतिमा रुचि न भए पनि गहिरो निहालिन्छ,हरेक चुनावमा गठबन्धन हुँदा जनता धेरै भ्रममा पर्दा रहेछन्,चुनाव चिन्ह बाँझो खेत जस्तो लाग्दो रहेछ,हुदैं गरेको चुनावमा ठुल ठुला गणतन्त्रे हरुको सपनामा तुषारापात निस्चित छ,एउटा राजा हाँस्दा एउटा मेयर नाँच्दा थर्थराउने कस्तो कमजोर गणतन्त्र!🌄

account_circle
Kamal Bhattarai(@KamalBh12278882) 's Twitter Profile Photo

जस्ले जन्म जननीलाई माया गर्दैन,श्राप के दिए सोध्ने कष्ट नगर्नु तर मेरो खाली जादैन!मुंसिर चारको परिणामले भन्ला,पर्खाइ देश कसरी बन्ला!म संग धन छ पावर छ भन्दै थिए कसैले,कोही स्क्यानर राखेर भिख माग्दैं देश लुट्नेले!सबै भन्दा धनी,आम नेपाली हामी! हामीसँग तिम्रो औकात देखाउँने भोट छ🌙

account_circle
Kamal Bhattarai(@KamalBh12278882) 's Twitter Profile Photo

निती नियम बिधान सुशासन संवैधानिक तवरको कुरा नगरौं महासय,हैंकम बाट राज्य सत्ता चलाएको देशमा! अहिले सम्म बाडी पहिरो,कोरोना डेङ्गुले जनता त्रष्त छन्,प्राथमिक उपचार सम्म मुहैया गराउन नसक्ने नपुंसक हरु सत्ताको उन्मादमा चरणदास र सुरक्षा कर्मीको घेरामा ठुलो स्वरमा भुक्दै हिड्या छन्!😡

account_circle
Kamal Bhattarai(@KamalBh12278882) 's Twitter Profile Photo

कस्तो निस्वार्थ कलिलो, थियो हाम्रो साईनो! स्कुल जाँदा कंक्रिट बाटामा,तिमी लड्दा धुक लगाउँथे घुँडामा! आँखा जुद्थे,तर हाम्रा घरका बाटा फरक थिए! जवानी उकालो लाग्दा तिमीलाई गुमाउँने डर,आज मेरो घर तिम्रै भर! आवश्यकता अनुसार जुन सुर्य बनेर तिम्रो निम्ति उदाउँने अस्ताउँने गर्छु प्रिय!🌙

account_circle
Kamal Bhattarai(@KamalBh12278882) 's Twitter Profile Photo

मुंसिर चार गतेको निम्ति देशैं भरी गुणस्तरीय हिन वस्तुको पसल थापिएको छ,मोलभाव हुदैं छ,कोही लिलाम हुदैं छ, कोही खरिद्दैं छ,गुणस्तर मापन गर्ने भु.पु बिध्यार्थी परे तसर्थ सडेका कुबिन्डा जस्ता राजनीतिज्ञ र राजनिति मेरो बिषयमा परेन,श्रम गरेर परिवार पाल्न नसक्नेलाई हो राजनीति!🙏🌄

account_circle
Kamal Bhattarai(@KamalBh12278882) 's Twitter Profile Photo

यो एक्लो रातमा,म एक्लै बाटामा! सुतेको शहर,भुकेको कुकुर! सडक छेउ झाडीमा नारी चित्कार,दानवले गर्यो बलात्कार! रोकिन्छ मेरो सवारी साधन,उनी लहुलुहान! लग्छु अस्पताल,चैक जाँच नगरी कानुनले भन्छ मेरो हात! जुन देशको न्यायलय बिक्रीमा छ,आम मनुष्यको औकात नैं के छ?🙏🌙

account_circle